images
images

आजदेखि दर्ता नभएका मोबाइल नचल्ने

  • ३० भाद्र २०७९, बिहीबार ०८:५३

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सुरु गरेको छ ।

नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनाधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । एमडिएमएस प्रणाली अनाधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको औपचारिक सावर्जनिक भने दिउँसो सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गनुहुनेछ । यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोबाइल दर्ता गर्नुपर्नेछ । दर्ता नभएको खण्डमा नेपालीमा मोबाइल सञ्चालन हुने छैन । प्रणाली लागु हुनुभन्दा अघिका मोवाइल स्वतः दर्ता हुनेछन् भने आज पछि भित्रिने सबै मोवाइलमा दर्ता गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।