images
images

लागुऔषधको साथमा रामेछापका युवक पक्राउ

  • ३० भाद्र २०७९, बिहीबार १४:३३

रामेछाप । रामेछापका एक सहित १० जना अवैध लागु औषध सहित पक्राउ परेका छन् ।

प्रहरीले रामेछाप, महोत्तरी, पर्सा र भक्तपुरबाट अवैध लागु औषध सहित १० जनालाई पक्राउ गरेको हो । रामेछापको खाँडादेवि गाउँपालिका वडा नम्बर ३ आँपचौरका ४९ वर्षिय नवराज खत्रीलाई प्रहरीले २ किलो ५ सय ग्राम गाँजा सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खाँडादेविबाट खटिएको प्रहरीले खानतलासि गर्ने क्रममा गाँजा सहित उनलाई पक्राउ गरिएको जनाएको छ ।
यस्तै महोत्तरीको जलेश्वर नगरपालिकाबाट ५ हजार ५ सय ट्याब्लेट सहित सोही नगरपालिका वडा नम्बर ३ का ठेलुया मण्डल पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ कल्पना मोक्तान सहित तीन जनालाई प्रहरीले पर्साको पर्सागढी नगरपालिका २ बाट १३ किलो ८ सय ग्राम चरेस सहित पक्राउ गरिएको हो । विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।