दोलखा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दोलखाका २२वटा विद्यालय छनोट भएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयको विवरण आज सार्वजनिक गरेको हो । भदौ २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट सो कार्यक्रमका लागि देशभरबाट ३ हजार ४ सय ७५ वटा विद्यालय छनोट भएका हुन् । जसअनुसार दोलखामा पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २२ वटा विद्यालय छनोट भएको शिक्षा तथा मानव स्रोत केन्द्रले जनाएको छ ।
भीमेश्वर नगरपालिकाको कुटीडाँडा मावि, कालिञ्चोक मावि र पशुपति कन्या मन्दिर मावि, कालिञ्चोक गाउँपालिका वडा नम्बर २ स्थित जल्पाश्वरी मावि, वडा नम्बर ६ स्थित गुजर्पा आधारभुत विद्यालय र वडा नम्बर ८ स्थित देवीस्थान आधारभुत विद्यालय छनोट भएको छ । शैलुङ गाउँपालिका वडा नम्बर ७ मा रहेको कालिका मावि र साँगुते मावि, बिगु गाउँपालिका वडा नम्बर ५ मा रहेका हिमखण्डे भुवनेश्वरी आधारभुत विद्यालय र हिमालय मावि पनि छनोट भएका छन् । यसैगरी तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा रहेको गोल्मेश्वर मावि र वडा नम्बर २ झुलेमा रहेको अमर मावि,जिरी ६ स्थित सहिद स्मृति आवासीय मावि, जिरी नगरपालिका वडा नम्बर २ मा रहेको बौद्ध भुवनेश्वरी मावि र वडा नम्बर ८ मा रहेको कालीदेवी आधारभुत विद्यालय पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सहिद स्मृति आवासीय मावि ४ कोठे भवन निर्माणका लागि छनौटमा परि ५५ लाख बजेट विनियोजन भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दोलखाका २१ वटा विद्यालय छनोट भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयको विवरण आज सार्वजनिक गरेको हो । छनोटमा परेका दोलखाका २० वटा विद्यालयले ६ लाख ५० हजारका दरले कुल १ करोड ३० लाख बजेट पाउनेछन् भने कालिञ्चोक गाउँपालिका वडा नम्बर २ स्थित जल्पाश्वरी माविले चार कोठे भवन निर्माणका लागि ५५ लाख बजेट पाउनेछ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रमममा सहभागी हुन विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।
मेलुङ गाउँपालिका वडा नम्बर १ को बिन्दाबासिनी आवि र वडा नम्बर ५ को पाखेडाँडा आवि, गौरीशंकर गाउँपालिका वडा नम्बर ४ को गोर्पाङ आधारभुत विद्यालय र वडा नम्बर ९ गौरीशंकरको टासिनाम आधारभुत विद्यालय छनोट भएको छ । यसैगरी वैतेश्वर गाउँपालिकाको कालिका मावि, क्षेत्रावती मावि र कालिढुंगा मावि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएको हो ।
छनोटमा परेका दोलखाका २० वटा विद्यालयले ६ लाख ५० हजारका दरले कुल १ करोड ३० लाख बजेट पाउनेछन् भने कालिञ्चोक गाउँपालिका वडा नम्बर २ स्थित जल्पाश्वरी माविले चार कोठे भवन निर्माणका लागि ५५ लाख बजेट पाउनेछ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रमममा सहभागी हुन विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु शैक्षिक वर्षका लागि ८ अर्ब ८८ करोड बजेट विनियोजन गरेको थियो ।










