images
images

अख्तियारमा भ्रष्टाचारका उजुरीको चाङ, स्थानीय तहमा सबैभन्दा बढी बेथिती

  • ३० भाद्र २०८१, आईतवार १४:२७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा करिव २७ हजार भ्रष्टाचारको उजुरी परेको छ ।

आयोगले आज प्रस्तुत गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा आयोगमा २६ हजार ९१८ उजुरी परेको हो । जसमध्य सबैभन्दा बढि संघीय मामिला, स्थानीय तहसमेतको क्षेत्रमा ३८.९१ प्रतिशत उजुरी परेको छ । यस्तै, शिक्षा, स्थानीय तहसमेतको क्षेत्रमा १५.७९, गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित ६.९८ प्रतिशत, भूमी प्रशासनसँग सम्बन्धित ६.४९ उजुरीहरु परेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोगका प्रमुख प्रेमकुमार राईले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन बुझाउँदै १३ हजार ५९३ उजुरी तामेलीमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक छानबिनका क्रममा रही फस्र्यौट हुन बाँकी रहेका ८ हजार ४७२ उजुरीहरु चालु वर्षका लागि जिम्मेवारी सरी आएको छ ।