images
images

डेढ महिनापछि बस्दै बागमती प्रदेशसभा बैठक

  • ३० भाद्र २०८१, आईतवार १५:१३

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आगामी असोज ६ गतेका लागि आह्वान गरिएको छ ।

डेढ महिना भन्दा बढि समयसम्म नबसेको प्रदेशसभा बैठक आगामी असोज ६ गतेका लागि बोलाईएको हो । बागमती प्रदेशसभाको बैठक गत साउन १५ गतेयता बसेको थिएन । सो बैठकबाट दुई वटा विद्येयक पारित गरि अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

बैठक असोज ६ गते आईतबार दिउँसो १ बजे बस्नेगरि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सो बैठकमा विभिन्न तीन वटा विद्येयकमाथि पुर्ण छलफल गराई पारित गर्ने तयारी गरिएको छ ।