दोलखा । दोलखाको झ्याकुमा बोलेरो दुर्घट्ना हुँदा गम्भिर घाईते भएका दुई महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका गौरीशंकर गाउँपालिका–३ झ्याकुकी अन्दाजी ७५ वर्षीया काली शेर्पा र अन्दाजी ५५ वर्षीया पसि शेर्पाको मृत्यु भएको हो । गम्भीर घाईते भएका उनीहरुलाई उपचारका लागि सिंगटी अस्पतालमा ल्याईएकोमा केहीबेर अघि मृत घोषणा गरिएको ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक (ईन्स्पेक्टर) महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिंगटीबाट झ्याकु जाँदै गरेको बा २० च ७२६६ नम्वरको बोलेरो आज साँझ करिव ५ बजे वडा नम्वर ४ को वडा कार्यालय नजिकै दुर्घटना हुँदा ६ जना घाईते भएका थिए । त्यसमध्य गम्भीर अवस्थाका दुई जनाको मृत्यु भएको हो । अन्य चार जना घाईतेमध्य एक जनाको सिंगटी अस्पतालमा उपचार भईरहेको छ भने अरु घाईतेलाई पनि प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि सिंगटी ल्याइँदैछ ।