images
images

बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम लागु गर्ने

  • २९ आश्विन २०७९, शनिबार १०:३८

हेटौंडा । बागमती प्रदेश सरकारले सबै स्थानिय तहमा वडा समाजवादी कार्यक्रम लागु गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को निती तथा कार्यक्रम र बजेटमा व्यवस्था भएको वडा समाजवादी कार्यक्रम कार्यविधि बनाएर कार्यान्वयन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो । प्रदेश मन्त्रीपरिषद् बैठकले वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रीपरिषद्् बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्षको निती तथा कार्यक्रममा प्राथमिकतामा रहेको वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि आवशयक कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।