images
images

बडादसैँः सरकारी बिदा सकियो, मान्यजनबाट टिका लगाउने क्रम जारी

  • २९ आश्विन २०८१, मंगलवार ०७:२७

काठमाडौँ । बडादसैँका कारण वन्द रहेका सरकारी कार्यालय तथा वित्तिय संस्थाहरु आजबाट खुल्ने भएका छन् ।

दसैँको सार्वजनिक बिदा सकिएसँगै आजबाट कार्यालय खुल्ने भएका हुन् । असोज २४ गते फुलपातीदेखि हिजो सम्म सार्वजानिक विदाका कारण सरकारी कार्यालय तथा वित्तिय सँघ संस्थाहरु वन्द रहेका थिए । आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।

यसैबीच, नेपालीहरुको महान चाड बडा दसैँको टिका लगाउने क्रम आज पनि जारी छ । आश्विन शुक्ल पक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी रहेको हो । बडादसैँ अर्थात नवरात्रभर नवदुर्गा भवानीको पुजा अर्चना गरि विजयादशमीको दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ ।

आफ्नो घरमा मान्यजनको हातबाट टिक लगाएसँगै आफन्तकोमा समेत टिका लागउने चलन छ । सोही अनुसार जिवया दशमीको दिन टिका लगाउन नभ्याउने भएकाले पुर्णिमाको दिनसम्म मान्यजनको हातबाट टिका लगाउने गरिएको हो ।