images
images

धारिलो हतियार प्रहार गरी आमाछोरीको हत्या

  • २९ कार्तिक २०७९, मंगलवार ०६:५८

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा आमाछोरीको हत्या भएको छ ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ भङगेरीमा हिजो साँझ आमाछोरीको हत्या भएको हो । अज्ञात समुहले स्थानीय २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी ३ वर्षीया कृष्टिना खतिवडाको हत्या गरेको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रयोग गरेर उनीहरुको हत्या गरिएको अवस्थामा आज शव फेला परेको हो । धारिलो हतियार प्रहारबाट उनीहरुको घाँटीसहित शरीरको विभिन्न अंगमा गहिरो चोट लागेको देखिएको छ । हत्या गरिएको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

घटनामा कस्को संलग्नता छ भन्ने विषय खुल्न नसकेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।