images
images

निर्वाचनको संघारमा बजारमा उपभोग्य बस्तुको मुल्य १५ प्रतिशतले बढ्यो

  • २९ कार्तिक २०७९, मंगलवार १६:४३

काठमाडौं । निर्वाचनको मौका छोपेर बजारमा उपभोग्य बस्तुको मुल्य १५ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै बजारमा उपभोग्य बस्तुको मुल्य ह्वात्तै बढेको हो । सरकारको सम्पुर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा उपभोक्ता बजारमा अत्याधिक रुपमा बढेको मुल्य बृद्धिको समाना गरिरहेका छन् । नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दशैं तिहारपछि मात्रै दैनिक उपभोग्य बस्तुको मुल्य १५ प्रतिशतले बढेको जानकारी दिनुभयो । उहाँका अनुसार दशैं तिहारको समयमा २ सय ४० रुपैँया पर्ने खानेतेलको मुल्य अहिले २ सय ८० रुपैँया पर्न थालेको छ ।

यस्तै सनफ्लावर, भटमास र तोरीको तेलमा प्रतिलिटर ४० रुपैँयाले मुल्य बृद्धि भएको छ । भारत सरकारले नेपालमा चामल आयातमा प्रतिबन्ध लगाएपछि एक बोरा चामलमा चार सय रुपैँयासम्म मुल्य बढेपछि उपभोक्ताहरु मारमा परेका छन् । बजारमा उपभोग्य बस्तुको मुल्य बढ्नुको अन्य कुनै कारण नभई ठुला व्यापारीहरुले निर्वाचनमा पार्टीलाई दिएको चन्दा असुल गर्न निर्वाचनको अवसरमा मृल्य बृद्धि गरेको आरोप पनि लाग्ने गरेको छ ।