images
images

नेपालमा उत्पादित बिजुली बंगलादेश निर्यात सुरु, भारतले दियो प्रचण्डलाई जश

  • ३० कार्तिक २०८१, शुक्रबार १६:५९

काठमाडौं । नेपालबाट बंगलादेश विद्युत निर्यात गर्ने सुरु गरिएको छ ।

आज नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु गरिएको हो । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरुको भर्चुअल उपस्थितमा विद्युत निर्यात सुरु गरिएको छ । नेपालले भारतीय ग्रिडको प्रयोग गरी यो वर्ष आज ४० मेगावाट विद्युत पठाएको हो ।

नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ । प्राधिकरणले बंगलादेश निर्यातका लागि चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् ।

यसैबीच, भारत सरकारले नेपालको बिजुली भारतीय ग्रीड हुँदै बैगलादेश पठाएको जश नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । नयाँ सरकार गठन भएको चार महिना हुन लाग्दा पनि भारत भ्रमणको निम्तो नपाइरहेको बेला भारतले विज्ञप्तीनै जारी गरी पूर्व प्रधानमन्त्री प्रचण्डलाई जस दिएको हो ।

विज्ञप्तीमा भारतीय विदेश मन्त्रालयले पूर्वप्रधानमन्त्री प्रचण्डले ३१ मे देखि ३ जुन २०२३ मा भ्रमणका क्रममा बंगलादेश बिजुली निर्यातसम्बन्धी भारत सरकारले निर्णय गरेको स्मरण गराएको छ ।

प्रचण्डको भारत यात्राका क्रममा नेपालबाट बंगलादेशसम्मको पहिलो त्रीपक्षीय विद्युत कारोबारलाई भारतीय ग्रीडमार्फत ४० मेगावाटसम्म विद्युत निर्यात गर्न सहज बनाउने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।