images
images

भीमेश्वर बहुदेश्यीय सहकारीको कुल पुँजी ४२ करोड नाघ्यो

  • २९ मंसिर २०७९, बिहीबार ०८:०३

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका भिरकोटस्थित भीमेश्वर बहुदेश्यीय बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी ४२ करोड नाघेको छ ।

भीमेश्वर सहकारीले २४ औं वार्षिक साधारणसभाको अवसरमा कुल पुँजी ४२ करोड ५८ लाख १० हजार १७ रुपैयाँ पुगेको जानकारी गराएको हो । संस्थाको शेयर पुँजी ३ करोड १३ लाख ८१ हजार २ सय रुपैयाँ रहेकोे छ भने बचत ३२ करोड ५४ लाख ८७ हजार १ सय ६६ रुपैयाँ रुपैयाँ रहेको छ । सहकारीले ३५ करोड ६७ लाख ५८ हजार ९ सय ५१ रुपैयाँ ऋण लगानी गरेको भीमेश्वर बहुदेश्यीय सहकारी संस्थाका कामु व्यवस्थापक उद्धय कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थामा ६ हजार ५ सय ८३ सेयर सदस्य आवद्ध रहेका छन् भने २ हजार ५ सय ८३ जना बालसदस्य रहेका छन् ।

संस्थाका अध्यक्ष सिताराम उप्रेतीको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदी, एकीकृत समाजवादीका केन्द्रिय सदस्य शिव भण्डारी र संस्थापक अध्यक्ष श्याम काजी कटुवाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।