images
images

दक्षिण कोरियाले ४० हजार नेपाली श्रमिक लैजाने

  • २९ मंसिर २०७९, बिहीबार ०८:४२

काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत आगामी एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने भएको छ ।

कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिङले श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले जानकारी गराउनु भएको हो । नेपालबाट एकै वर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा ४० हजार श्रमिक लैजाने कोरिया सरकारले जनाएको छ । कोरियाले इपिएस मार्फत यति धेरै श्रमिक लैजान लागेको यो पहिलो पटक हो । कोरियाले सबैभन्दा बढी गत वर्ष ९ हजार कामदार लैजाने कोटा छुटाएको थियो ।