images
images

काभ्रे दुर्घटनाः छेवरमा गएका एकै परिवारका ८ जनाको ज्यान गयो, तीन दिनसम्म दाहसंस्कार भएन

  • २९ मंसिर २०७९, बिहीबार ०९:३०

जिरी (दोलखा) । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा बस दुर्घटनामा परी मृत्यु भएका एकै परिवारको आठ जनाको अझै दाहसंस्कार भएको छैन ।

दुर्घटनामा परी मृत्यु भएका बनेपा नगरपालिका ११ का एकै परिवारका आठ जनाको तीनसम्म पनि दाहसंस्कार हुन नसकेको हो । एकै परिवारका आठ सदस्यको मृत्यु भएर गाउँनै शोकमा परेपछि दाहसंस्कारमा ढिलाई भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । एकै परिवारका सदस्यको मृत्यु भएकाले शवको पोस्टमार्टम भएपनि परिवारका केही सदस्य विदेशमा रहेकाले उनीहरु आएपछि शवको व्यवस्थापन गरिने उहाँले बताउनुभयो । गत मंगलबार बेथानचोक गाउँपालिका–५, च्याल्टीमा मामाको घर परिवार बनेर व्रतबन्ध (छेवर) मा गएका बनेपा नगरपालिका–११, सल्लेका एकै परिवारका आठ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा बनेपा नगरपालिका–११ का एकै परिवारका ८ जना परेका थिए । मृत्यु भएका १७ जना मध्ये ९ जनाको शव आफन्तले बुझेका छन् भने अझै निर्मला तामाङसहित २८ वर्षीया कोपिला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ११ वर्षीय पुष्कर तामाङ, २८ वर्षीया मञ्जु तामाङ, ४३ वर्षीया हेमा तामाङ, ५० वर्षीय आकुर तामाङ र ३० वर्षीय बुद्ध तामाङको दाहासस्कार भएको छैन । दुर्घटनामा एकै परिवारका आठ र अन्य नौ जनासहित १७ जनाको मृत्यु भएको थियो ।