images
images

सिन्धुलीका एक युवकको बसको ठक्करबाट मृत्यु

  • २९ मंसिर २०७९, बिहीबार १५:०३

सिन्धुली । काठमाडौंमा बसले मोटरसाइकलमा ठक्कर दिँदा सिन्धुलीका एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा परी सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ३ का २२ वर्षिय निर्मल लामाको मृत्यु भएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भु ठाडोभ¥याङमा बा १ प ७६३ नम्बरको बसले बागमती प्रदेश ०२–०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लामा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।