images
images

गृहका २५ अधिकारीको सरुवा एवं पदस्थापन, सिन्धुपाल्चोक र सिन्धुलीमा नयाँ प्रजिअ

  • २९ मंसिर २०८०, शुक्रबार २०:१२

काठमाडौं । गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरुवा एवम् पदस्थापन गरेको छ ।

मन्त्रालयले वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापन गरेको हो । त्यसमध्ये पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थापन भएका छन् भने एक जना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् । बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको जिल्ला प्रशासन कार्यालय स्याङजामा सरुवा भएको छ । उनको स्थानमा गृह मन्त्रालय वा अन्तर्गतबाट सहसचिव भरत खनाल प्रमुख जिल्ला अधिकारीको रुपमा सिन्धुली जाने भएका छन् ।

यस्तै, सिन्धुपाल्चोकमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट झम्क प्रसाद आचार्य आउने भएका छन् ।