images
images

नेपालको हवाई क्षेत्र ईयुको कालोसूचीमा कायमै

  • ३० मंसिर २०८१, आईतवार १८:२८

काठमाडौँ । युरोपेली युनियन (ईयु) ले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न पुनः प्रतिवन्ध लगाएको छ ।

ईयुको युरोपेली आयोगले नेपालको हवाई क्षेत्रलाई कालो सूचीमा कायमै राखेको हो । ईयुले प्रत्यक वर्ष अद्यावधिक गर्ने ‘ईयु सेफ्टी लिस्ट’ मा नेपालका हवाईजहाज र हेलिकप्टर सेवा प्रदायक सबै कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाईएको छ । ईयुले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका सबै (२० वटा वायुसेवा) कम्पनीलाई सो सूचीमा यथावत राखेको हो ।

ईयुले नेपालका सबै वायुसेवालाई सेफ्टी लिस्टमा राखेपनि हाल कुनै पनि वायुसेवाले उडान गरेका छैनन् । सेफ्टी लिस्टमा परेपछि युरोपको आकाशमै प्रवेश गर्न नपाउने भएकाले चार्टर उडानमा जाँदा समेत समस्या पर्न सक्नेछ । ईयुले सन् २०१३ देखि नेपालका सबै वायुसेवालाई आफ्नो आकाशमा उड्न प्रतिवन्ध लगाउँदै आएको छ ।

नेपाल यसअघि अन्तराष्ट्रिय नागरिक उड्यन सँघ (आईकाओ) को खैरो सूचीमा समेत परेको थियो । तर, उड्यन क्षेत्रको सुरक्षामा सुधार गरेको भन्दै सन् २०१८ मा या सूचीबाट हटाईएको थियो । सो सूचीबाट हटेपछि ईयुको कालोसूचीबाट हटाउन समेत पटक–पटक प्रयास गरिएपनि हालसम्म नेपाल यही सूचीमा कायम छ ।