images
images

सुर्खेतमा एकै परिवारका चार जनाको मृत्यु

  • २ माघ २०७८, आईतवार ००:४३

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एकैपरिवार ४ जनाको निसास्सिएर मृत्यु भएको छ ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० सुर्खेतस्थित बुदबुदे गाउँमा शिवालय गाउँपालिका स्थायी घर भएकी ३५ वर्षीय कल्पा बुढा, उनका ८ वर्षीय छोरा नीरज र ९ वर्षीय अर्का छोरा चीरञ्जीवी तथा कल्पाकै दाजुको ५ वर्षीय छोरा सम्राटको निसास्सिएर मृत्यु भएको हो । उनीहरु घरमै मृत अवस्थामा भेटिएको सुर्खेतका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उनीहरुको शुक्रबार नै निसास्एिर मृत्यु भएपनि हिजो साँझ मात्रै स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

त्यसलगत्तै घटनास्थलमा पुगेको प्रहरीले घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरेको हो । मृतक कल्पाका पति कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।