images
images

माघ १५ गतेसम्म कलेज तथा ट्युसन सेन्टर बन्द गर्ने सरकारको निर्णय

  • २ माघ २०७८, आईतवार १०:४८

काठमाडौं । कोरोना संक्रमण लगातार बढ्दै गएपछि सरकारले कलेज तथा ट्युसन सेन्टरहरु बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले माघ १५ गतेसम्म कलेज तथा ट्युसन सेन्टरहरु बन्द गर्ने निर्णय गरेको हो । ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्यसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ । सोही अनुसार सरकारले यस्तो निर्णय गरेको हो । यस्तै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले माघ दोस्रो सातासम्म फिल्महल बन्द गर्ने निर्णय भएको बताउनुभयो ।

यस्तै सरकारले जिमहल पनि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै सरकारले सिनेमा हल र जिमहल बन्द गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस बाहेका भीडभाड हुने क्षेत्रको बारेमा सरकारले प्रोटोकल नै जारी गरेको छ । सरकारले जारी गरेको नयाँ आदेश अनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्रै प्रवेश हुन पाउने भएका छन् ।