images
images

माघ मसान्तसम्म भीडभाडका गतिविधि सञ्चालन गर्न नपाईने

  • २ माघ २०७८, आईतवार १२:५५

काठमाडौं । माघ मसान्तसम्म भीडभाड हुने कुनै पनि गतिविधि सञ्चालन गर्न नपाईने भएको छ ।

सरकारले ओमिक्रोन संक्रमण रोकथामका लागि आज जारी गरेको ३६ बुँदे आदेश अनुसार माघ मसान्तसम्म भीडभाड हुने कुनै पनि गतिविधि सञ्चालन गर्न नपाईने भएको हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले आज ३६ बुँदे आदेश जारी गरेको हो । मन्त्रिपरिषद बैठकले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेको छ । आदेश अनुसार आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न नपाईने भएको छ ।

यसैगरी आदेशमा गोष्ठि, सेमिनार, समिक्षा बैठक जस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्ने, भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यको मापदण्ड पालना गरी एन्टिजेन परिक्षण रिर्पोट नेगेटिभ आएकाहरु बढीमा २५ जना सहभागी रहने गरी गर्ने उल्लेख छ ।