images
images

पोखरा विमान दुर्घटनाः ६ जनाको खोजीकार्य जारी

  • २ माघ २०७९, सोमबार ०८:२८

काठमाडौं ।पोखरामा भएको यति एयरलाइसन्सको विमान दुर्घटनामा परेका ६ जना अझै फेला परेका छैनन् ।आइतबार साँझसाँ खोजी गरेपनि उनीहरु फेला नपरेका हुन् । विमा दुर्घटनामा परी बेपत्ता भएको ६ जनाको उद्धारका लागि आज बिहानैबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अब ६ जनाको शव फेला पर्न बाँकी छ । ६३ वटा शव गण्डकी अस्पतालमा पु¥याइएको थियो ।

यसैबिच, पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरु बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पुरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिक शाहीले जानकारी दिनुभयो । पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिप्करमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाईका कारण ल्याउन नसकिएको र ६ जनाको शव अझै फेला नपरेको सहायक प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो । सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानदेखि सुरु गर्न लागिएको छ ।