images
images

काभ्रेपलाञ्चोकका दुई स्थानिय तहमा जग्गा कित्ताकाटको बाटो खुल्ला

  • २ माघ २०७९, सोमबार ०९:३१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुई स्थानिय तहमा आजदेखि जग्गा कित्ताकाटको बाटो खुलेको छ ।

जिल्लाकोको बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाले भूउपयोग नियमावलीले तोकेको मापदण्डअनुसार जग्गा वर्गीकरण गरेर मालपोत कार्यालयमा विवरण बुझाएपछि जग्गा कित्ताकाटको बाटो खुलेको हो । जिल्लाका १३ स्थानीय तहमध्ये हालसम्म चार स्थानीय तहले मात्रै जग्गा वर्गीकरण गरेर पठाए पनि दुईवटा स्थानिय तहले गरेको जग्गाको वर्गीकरण भुउपयोग नियमावलीको व्यवस्था अनुसार नभएको भन्दै जग्गा वर्गीकरणलाई पुर्नविचार गर्न आग्रह गरिएको छ ।

मालपोत अधिकृत कृष्णप्रसाद सापकोटाले जिल्लाको बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाले व्यवस्थित रुपमा नगरभित्रको क्षेत्रफललाई कृषि क्षेत्र, गैरकृषि, वन क्षेत्र, सांस्कृतिक क्षेत्र र पर्यटकीय क्षेत्र भनेर बर्गीकरण गरी मालपोत कार्यालयलाई जानकारी दिइएको बताउनुभयो । उहाँले बनेपा र धुलिखेल नगरपालिकाले नियमावलीले बमोजिम जग्गा वर्गाीकरण गरेकाले दुई नगरपालिकाभित्रको जग्गाको कित्ताकाटका लागि बाटो खुलेको बताउनुभएको छ । खानीखोला र चौरीदेउराली गाउँपालिकाले जग्गा वर्गीकरण गरेर कार्यालयलाई जानकारी गराए पनि वर्गीकरण व्यावहारिक नदेखिएको उहाँले बताउनुभयो ।