images
images

पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु भएका २६ जनाको पहिचान खुल्यो

  • २ माघ २०७९, सोमबार ०९:३९

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका मध्ये २६ जनाको पहिचान खुलेको छ ।

आइतबार बिहान ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । अस्वभाविक रुपमा फन्को मार्दै विमान सेती खोँचमा खसेको थियो । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको शव पहिचान भएको कास्की प्रहरीले जनाएको छ । बेपत्ता भएका ४ जनाको बिहानदैखि खोजी कार्य भाइरहेको छ । दुर्घटनामा मृत्यु भएर पहिचान खुलेको शव आजै परिवारलाई जिम्मा लगाउँदै छ भने पहिचान नखुलेका शव काठमाडौं पठाइने कास्कीका प्रमुख जिल्ला अनिलकुमार शाहीले जानकारी दिनुभयो ।