images
images

यति एयरलाइन्स दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा चरिकोटमा दिपप्रज्वलन

  • २ माघ २०७९, सोमबार १७:४३

दोलखा । पोखरामा विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा आज चरिकोटमा दिपप्रज्वलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाको आयोजनामा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको चिरशान्तिको कामना गर्दै दोलखा सदरमुकाम चरिकोटमा दिपप्रज्वलन गरिएको हो । विमान दुर्घटनामा परी मृत्यु भएका ७२ जनाको सम्झनामा ७२ वटा दियो बालिएको थियो । दिपप्रज्वलन कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघका केन्द्रय सदस्य रमेश खतिवडा, जिल्ला अध्यक्ष दिपशंकर चौलागाई लगायतका सञ्चारकर्मी, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी लगायतका राजनितीकर्मीको उपस्थिती थियो । विमान दुर्घटनामा परी मृत्यु भएका ७२ जनाको सम्झनामा ७२ वटा दियो बालिएको थियो । दिपप्रज्वलन कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघका केन्द्रय सदस्य रमेश खतिवडा, जिल्ला अध्यक्ष दिपशंकर चौलागाई लगायतका सञ्चारकर्मी, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी लगायतका राजनितीकर्मीको उपस्थिती थियो । हिजो भएको विमान दुर्घटनामा परी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको पनि मृत्यु भएको थियो ।

काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्ष समेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए । पोखराको फुलबारीमा बस्दै आएका उनी पोखरा हटलाइन दैनिकका सम्पादक समेत थिए । ७२ जना सवार विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये हालसम्म ६९ जनाको शव भेटिएको छ भने तीन जनाको खोजीकार्य जारी छ । काठमाडौंबाट पोखराका लागि उडेको विमान हिजो सेती नदिको खोंचमा दुर्घटना भएको थियो ।

दोलखा युवा समुहले पनि विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा चरिकोटमा दिपप्रज्वलन गरेको छ ।