images
images

अझै हटेनन् कालिञ्चोकमा राखिएका अवैध होडिङ बोर्ड

  • २ माघ २०७९, सोमबार १९:०५

दोलखा । दोलखाको प्रसिद्ध धार्मिक एबम् पर्यटकीयस्थल कालिञ्चोक मन्दिर क्षेत्रमा अवैध रुपमा राखिएका ‘होडिङ बोर्ड’ नहटाउँदा सो क्षेत्र कुरुप देखिएको छ ।

कालिञ्चोकको कुरी बजारदेखि केवुलकार स्टेशन हुँदै मन्दिर रहेको थुम्कि नजिकैसम्म लामो समयदेखि मनपरी ढंगले होडिङ बोर्डहरु राखिएका छन् । जसका कारण प्राकृतिक सौन्दर्यताले भरिपुर्ण कालिञ्चोक मन्दिर कुरुप हुँदै गएपनि कुनै निकायले चासो नदेखाएको हो । नियामक निकायले चासो नदिँदा मन्दिर आसपासमा अनाधिकृत ढंगले राखिएका बिज्ञापन बोर्डहरु लामो समयदेखि हटेका छैनन् । मन्दिर क्षेत्रमा आफुखुशि बिज्ञापन बोर्ड राखिदा सम्वन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

कालिन्चोक मन्दिर रहेको थुम्कि भन्दा केहि तल रहेको भवनको भित्तामा लामो समयदेखि सगरमाथा सिमेन्टको ठूलो बोर्ड राखिएको छ । बोर्ड राखिएको लामो समयसम्म कुनै निकायले चासो नदिँदा अहिले सो होडिङ बोर्ड कोरिएर र रंग खुइलिएर कुरुप देखिएको छ । थुम्कि उक्लिदै गर्दा बाटोमा बिभिन्न होटल लजका बिज्ञापन पनि राखिएका छन् । कालिन्चोक केवुलकारको स्टेसन परिसर तथा केवुलकार लाईनको दायाँ–बाँया पनि होडिङ बोर्ड राखिएको छ । जताभावी आफुखुसी राखिएका यस्ता बिज्ञापन बोर्डले प्रसिद्ध धार्मिक एबम् पर्यटकीयस्थल कालिञ्चोक मन्दिरको सौन्दर्यतालाई बिगार्दै लगेको छ । नियामक निकाय कमजोर हुँदा बिज्ञापनदाताले त्यसको फाईदा उठाउँदै मापदण्ड बिपरित बोर्ड राखिरहेका छन् ।

कालिञ्चोकको कुरी बजारदेखि केवुलकार स्टेशन हुँदै मन्दिर रहेको थुम्कि नजिकैसम्म लामो समयदेखि मनपरी ढंगले होडिङ बोर्डहरु राखिएका छन् ।  बोर्ड राखिएको लामो समयसम्म कुनै निकायले चासो नदिँदा अहिले सो होडिङ बोर्ड कोरिएर र रंग खुइलिएर कुरुप देखिएको छ । कानुनमा सम्बन्धित नगर वा गाउँपालिकाको सहमति र स्विकृति बिना कसैले बिज्ञापन बोर्ड राखे स्थानीय सरकारले सो बोर्ड हटाउन सक्ने व्यवस्था रहेको छ । तर कालिञ्चोक गाउँपालिकाले कालिञ्चोक मन्दिर आसपासमा लामो समयदेखि राखिएका बोर्डहरु हटाउन कुनै चासो देखाएको छैन ।

कानुनमा सम्बन्धित नगर वा गाउँपालिकाको सहमति र स्विकृति बिना कसैले बिज्ञापन बोर्ड राखे स्थानीय सरकारले सो बोर्ड हटाउन सक्ने व्यवस्था रहेको छ । तर कालिञ्चोक गाउँपालिकाले कालिञ्चोक मन्दिर आसपासमा लामो समयदेखि राखिएका बोर्डहरु हटाउन कुनै चासो देखाएको छैन । यसअघिका जनप्रतिनिधिहरुले अवैधरुपमा राखिएका होडिङ बोर्डहरु हटाउने बताए पनि नयाँ जनप्रतिनिधि आएको ९ महिनासम्म विज्ञान बोर्ड हट्न सकेको छैन । कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले भोली बस्ने कार्यपालिका बैठकमा कालिञ्चोकमा राखिएका होडिङ बोर्डको विषयमा छलफल गर्ने र आवश्यक निर्णय लिने बताउनुभयो ।

कानुन अनुसार कुनै पनि बिज्ञापनदाताले बिज्ञापन बोर्ड राख्दा सम्बन्धित नगर वा गाउँपालिकाको स्वीकृति लिएर मापदण्ड बमोजिम मात्रै राख्न पाउने व्यवस्था रहेको छ । प्राकृतिक रुपमा सुन्दर रहेको कालिञ्चोक क्षेत्रलाई अन्य सबै हिसाबले सुन्दर बनाउन चुनौती थपिदै गएको छ ।