
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कुन्दनराज काफ्ले नियुक्त भएका छन् ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले बागमती प्रदेशसभा सदस्य काफ्लेलाई मुख्य सचेतकमा नियुक्त गरेको हो । काफ्ले प्रदेशसभामा दोलाखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । काफ्ले ८ हजार ४२ मतान्तरले विजयी भएका थिए । उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका थिए ।
यस्तै, बैठकले दलको उपनेतामा रामकृष्ण चित्रकारलाई नियुक्त गरेको छ । चित्रकार ललितपुर क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित सांसद हुन् ।