रामेछाप । रामेछापको मन्थलीमा ट्याक्सी र मोटरसाईकल एक आपसमा ठाकिँदा तीन जना घाइते भएका छन् ।
मन्थली नगरपालिका भैसेश्वरबाट रामेछाडाँडातर्फ जादैँ गरेको बा २ ज १८५१ नम्बरको ट्याक्सी र विपरित दिशाबाट आउँदै गरेको बा.प्र.२–०१९ प ९५५७ नम्बारको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाईकल चालक रामेछाप नगरपालिका–८ का ३८ वर्षिय बाबुराम कटुवाल, मोटरसाईकलको पछाडी सवार सोही स्थानका ६५ वर्षिय शंकर कटुवाल र आरध्या कटुवाल घाइते भएका हुन् । घाइते उनीहरुलाई उद्धार गरी मन्थली अस्पतालमा लगिएकोमा सामान्य उपचारपछि थप उपचारको लागि ट्रमा सेन्टरमा रेफर गरिएको रामेछापका प्रहरी निरिक्षक (इन्सपेक्टर) रन्जन कुमार गरीले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनामा घाइते भएका आरध्या कटुवाललाई भने मन्थली अस्पतामा सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ । हिजो बेलुकी करिब साढेँ ५ बजे भएको सो दुर्घटनामा ट्याक्सी चालक काभ्रेपलाञ्चाक देउराली गाउँपालिकाका ४० वर्षिय कृष्ण ढुङ्गानालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।










