images
images

नेकपा माओवादी केन्द्रः जबरजस्ती एमसीसी अघि बढाईए सरकारबाट बाहिरिने

  • ४ फाल्गुन २०७८, बुधबार ११:३३

काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाईए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

माओवादी केन्द्रले एमसीसी प्रस्ताव जबरजस्ति अघि बढाईए विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने चेतावनी दिएको हो । सिंहदरवार स्थित माओवादी संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले नेकपा एमालेको अवरोध नहटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बैठकले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको हो । संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने माओवादी केन्द्रका प्रमुख सचेतक देब गुरुङले जानकारी दिनुभयो ।