images
images

नक्कली बाबुछोरा बनेर नागरिकता लिन खोज्ने काभ्रेपलाञ्चोक प्रहरी नियन्त्रणमा

  • ४ फाल्गुन २०७८, बुधबार १५:०२

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा नक्कली बाबु र छोरा बनी नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ८ का ६४ वर्षिय नानी तामाङ र धर्मराज तामाङ रहेका छन् । धर्मराज तामाङलाई जिल्ला प्रशासन कार्यालय काभ्रेमा नानी तामाङ र जमुना तामाङको छोरा भएको झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिन खोजेको र नानी तामाङलाई छोरा नभएपनि नागरिकता बनाउन बुबा बनी सनाखत गरिदिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको होे । उनीहरुलाई झुटो विवरण पेश गरी सरकारी कार्यालय समेतलाई झुक्याई नक्कली बाबुछोरा बनी नागरिकता लिन खोेजेको अभियोगमा काभ्रेको कार्यालय परिसरबाटै प्रहरीले नियन्यणमा लिएको काभ्रेका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभया । दुवै जनालाई नेपाली नागरिकता ऐन २०६३ को दफा २१ बमोजिम हुने कार्य गरी नेपाली नागरिकता लिने उद्योग गरेको कसुरमा जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसनन अगाडि बढाइएको प्रहरीले जनाएको छ ।