images
images

‘एक विद्यालय एक नर्स’ कार्यक्रम : बागमती प्रदेशमा १३६ नर्स थपिए

जिरी (दोलखा) । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि नर्स छनौटको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत दोलखा सहित प्रदेशको १३ वटै जिल्लाको विभिन्न स्थानीय तहका विद्यालयका लागि पाँचौं तहका १ सय ३६ जना करारमा नर्स सिफारिस गरेको हो । जसअनुसार मन्त्रालयले दोलखाको ६ स्थानीय तहका लागि ९ जना नर्सको नाम सिफारिस गर्दा सबैभन्दा बढी चालु आर्थिक वर्ष सिन्धुपाल्चोकको १० स्थानीय तह र काठमाण्डौं जिल्लाको ११ स्थानीय तहका लागि १९/१९ जना नर्स सिफारिस भएका छन् ।

मन्त्रालयका अनुसार दोलखाको भीमेश्वर नगरपालिकामा ३ जना, कालिञ्चोक गाउँपालिकामा २ जना र गौरीशंकर, विगु, तामाकोशी र बैतेश्वर गाउँपालिकामा एक/एक जना गरी ९ जनाको नाम सिफारिस गरेर पठाइएको छ । जसमा भीमेश्वर नगरपालिकामा सपना चौलागाई, समिक्षा तामाङ र मनिशा ठाकुरको नाम सिफारिस गरिएको छ भने कालिञ्चोकमा संजी शिवाकोटी र विमुना ओली, गौरीशंकरमा सपना गुरुङ, विगुमा शान्ति बस्नेत, बैतेश्वरमा अप्सरा चौलागाई र तामाकोशीमा सस्मिता कोइरालालाई पठाइएको छ । अन्य तीन स्थानीय तह जिरी नगरपालिका, शैलुङ र मेलुङ गाउँपालिकाका विद्यालयको लागि भने यो वर्ष प्रदेशबाट नर्स खटाइएको छैन ।

मन्त्रालयले दोलखाको ६ स्थानीय तहका लागि ९ जना नर्सको नाम सिफारिस गर्दा सबैभन्दा बढी चालु आर्थिक वर्ष सिन्धुपाल्चोकको १० स्थानीय तह र काठमाण्डौं जिल्लाको ११ स्थानीय तहका लागि १९/१९ जना नर्स सिफारिस भएका छन् । प्रदेश सरकारले यो वर्ष विद्यालय नर्स कार्यक्रमका लागि १ सय ५६ जना नर्स माग गरेकोमा १ सय ३६ जना योग्यताक्रम पुगेका उम्मेदवारले मात्रै सिफारिस पाएका छन् । 

यसैगरी, रामेछापको ३ स्थानीय तहमा ३ जनाको नाम सिफारिस भएर आएको छ । मन्थली नगरपालिकाका लागि तुलसा अधिकारी, गोकुलगंगा गाउँपालिकाका लागि सरिता खत्री र सुनापति गाउँपालिकाका लागि मुना कुमारी थापालाई प्रदेश सरकारले सिफारिस गरेर पठाएको हो । बागमती प्रदेश अन्तर्गतनै रहेको सिन्धुलीको ८ स्थानीय र मकवानपुरको ८ स्थानीय तहका लागि १५/१५ जना, काभ्रेपलाञ्चोकको १० र धादिङको ९ स्थानीय तहका लागि १३/१३ जना, चितवनको ५ र ललितपुरको ४ स्थानीय तहका लागि ८/८ जना छनौट भएका छन् । यसैगरी, नुवाकोटको ५ स्थानीय तहका लागि ७ जना, भक्तपुरको ३ स्थानीय तहका लागि ५ जना र सबैभन्दा कम रसुवाको २ स्थानीय तहका लागि २ जना मात्रै छनौट भएका छन् ।

मन्त्रालयले गत माघ अन्तिम साता अन्तर्वार्ता र लिखित परिक्षा सञ्चालन गरेको थियो । सोही अनुसार छनौट एवम् सिफारिस समितिले १ सय ३६ जनालाई सेवा करारका लागि स्थानीय तहहरुमा सिफारिस गरेको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विगत ३ वर्षदेखि प्रदेश सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

प्रदेश सरकारले यो वर्ष विद्यालय नर्स कार्यक्रमका लागि १ सय ५६ जना नर्स माग गरेकोमा १ सय ३६ जना योग्यताक्रम पुगेका उम्मेदवारले मात्रै सिफारिस पाएका छन् । मन्त्रालयले गत माघ अन्तिम साता अन्तर्वार्ता र लिखित परिक्षा सञ्चालन गरेको थियो । सोही अनुसार छनौट एवम् सिफारिस समितिले १ सय ३६ जनालाई सेवा करारका लागि स्थानीय तहहरुमा सिफारिस गरेको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विगत ३ वर्षदेखि प्रदेश सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । यसअघि स्वास्थ्य मन्त्रालय नहुँदा सामाजिक विकास मन्त्रालयले २ वर्ष नर्स छनौट गरी विद्यालयहरुमा पठाएको थियो ।

एक विद्यालयमा एक नर्स अनिवार्य पु¥याउने प्रदेश सरकारको कार्यक्रम अनुसार एक विद्यालय एक नर्स कार्यक्रमले प्रत्येक वर्ष निरन्तरता पाउँदै आएको छ ।