
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा मिनि ट्रक दुर्घटनामा परी रामेछापका एक युवकको मृत्यु भएको छ ।
मन्थली नगरपालिका वडा नम्बर १४ फुलासी पोखरी का ३५ वर्षीय अभिजल काफ्लेको दुर्घटनामा परी मृत्यु भएको हो । काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेशीबाट धुलिखेलतर्फ जादै गरेको बा ५ ख ३०४३ नम्बरको मिनिट्रक धुलिखेल नगरपालिका वडा नम्बर ११ को पात्लेखेतस्थित विपी लोकमार्गमा दुर्घटना भएको काभ्रेपलाञ्चोकका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परी गम्भीर घाइते काफ्लेको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी मिनि ट्रकका सहचालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ६ का १७ वर्षीय कुवेर ठकुरी घाइते भएका छन् । उनको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । मिनिट्रक सडकबाट करिव २ सय मिटर तल खसेको थियो ।