images
images

ग्याँस विस्फोटमा घाईते भएकी कांग्रेस सांसद भण्डारीकी आमाको मृत्यु

  • ४ फाल्गुन २०७९, बिहीबार १२:२६

काठमाडौँ । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा परी घाईते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ ।

सांसद भण्डारीकी आमाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बिहान १० बजेर ५७ मिनेट जादा मृत्यु भएको हो । उनको बिस्फोटमा परी ७० प्रतिशत शरीरको भाग जलेको थियो । घाईते सांसद भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको छ । उनको फोक्सोमा समेत असर परेकालाई उनलाई थप उपचारका लागि भारत लैजाने चिकित्सकहरुले सिफारिस गरेका छन् । गएराति आफ्नै निवास बुद्धनगरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाईते भएका हुन् ।