
जिरी (दोलखा) । शैक्षिक उपलब्धिमा आधारित प्रोत्साहन तथा विद्यार्थी केन्द्रित व्यवस्थापन सुधारको कार्यक्रमका लागि दोलखाका ५५ वटा विद्यालय छनौटमा परेका छन् ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगत शिक्षा विकास निर्देशनालयको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सो कार्यक्रमका लागि दोलखाका ५५ वटा विद्यालय छनौटमा परेका हुन् । जसमा शैक्षिक उपलब्धिमा आधारित प्रोत्साहन अनुदानका लागि दोलखाको ९ वटै स्थानीय तहका २० वटा माध्यमिक र ८ वटा आधारभुत विद्यालय छनौटमा परेका छन् । जसमा सबै भन्दा बढी मेलुङ गाउँपालिकाको ४ वटा विद्यालय छनौटमा परेको छ भने सबै भन्दा कम विगु गाउँपालिकाको एउटा मात्रै विद्यालय छनौटमा परेको छ । मेलुङ गाउँपालिकास्थित जुके मावि, कालिका मावि, आजादी मावि र भंगेरी मावि छनौटमा परेका छन् ।
यसैगरी, सो कार्यक्रम अन्तर्गत बैतेश्वर गाउँपालिकाको जनज्योती मावि, जलदेवी मावि र कालिढुंगा मावि छनौटमा पर्दा गौरीशंकर गाउँपालिकाको खारे मावि र हिम मावि, तामाकोशी गाउँपालिकाको गुल्मेश्वर मावि र सिद्धेश्वर मावि, कालिञ्चोक गाउँपालिकाको कालिनाग मावि र सित्का मावि, शैलुङ गाउँपालिकाको सारादा मावि र विरेन्द्र मावि, जिरी नगरपालिकाको जिरी मावि र ढुंगेश्वरी मावि, भिमेश्वर नगरपालिकाको कुटिडाँडा मावि र पशुपति कन्या मावि तथा विगु गाउँपालिकाको चित्रे मावि छनौटमा परेको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पुर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।
शैक्षिक उपलब्धिमा आधारित प्रोत्साहन अनुदानका लागि जिल्लाको चार स्थानीय तहको ८ वटा आधारभुत विद्यालय पनि छनौटमा परेको शिक्षा निर्देशनालयले जनाएको छ । जसमा तामाकोशी गाउँपालिकाको चनौटे आधारभुत र अम्बिका आधारभुत विद्यालय, मेलुङ गाउँपालिकाको विन्दावासिनी र चर्नावती आधारभुत विद्यालय, कालिञ्चोक गाउँपालिकाको गुर्जपा र देवीस्थान आधारभुत विद्यालय र भिमेश्वर नगरपालिकाको कुप्रिडाँडा र विरेन्द्र आधारभुत विद्यालय छनौटमा परेका छन् ।
निर्देशनालयका अनुसार विद्यार्थी केन्द्रित व्यवस्थापन सुधार कार्यक्रम अनुदानका लागि पनि दोलखाको १७ वटा माध्यमिक र १० वटा आधारभुत विद्यालय छनौटमा परेका छन् । जसअनुसार भिमेश्वर नगरपालिकास्थित बुद्ध भिमसेन मावि, देवी मावि, सुर्के मावि र सर्व मावि, कालिञ्चोक गाउँपालिकाको कालिका मावि, लापिलाङ मावि, दिव्याश्वरी मावि, र बालद्धय मावि, मेलुङ गाउँपालिकाको डाँडाखर्क मावि, लक्ष्मी मावि र भुमेस्थान मावि, तामाकोशी गाउँपालिकाको कालापानी मावि, जनप्रभात मावि र गुप्तेश्वर मावि, शैलुङ गाउँपालिकाको कल्लाबारी मावि, विगु गाउँपालिकाको थप्पु मावि र बैतेश्वर गाउँपालिकाको क्षेत्रवती मावि छनौटमा परेको छ ।
यसैगरी छनौटमा परेका आधारभुत विद्यालयहरुमा भिमेश्वर नगरपालिकास्थित सुन्द्रावती आधारभुत विद्यालय, हरिकृतन आधारभुत विद्यालय र साखिने आधारभुत विद्यालय, मेलुङ गाउँपालिकाको श्यामटार आधारभुत विद्यालय, पाखेडाँडा, भिमेन्द्र, कर्नकाली आधारभुत विद्यालय र दुधिले भञ्ज्याङ आधारभुत विद्यालय तथा बैतेश्वर गाउँपालिकाको जलदेवी आधारभुत विद्यालय र तामाकोशी गाउँपालिकाको जनता आधारभुत विद्यालय छनौटमा परेको छ । छनोट भएका विद्यालयहरुसँग फागुन मसान्तभित्र सम्झौता हुने जनाइएको छ ।