images
images

कमलपोखरीमा ग्यास विस्फोट हुँदा घाईते भएका काभ्रेका युवकको मृत्यु

  • ४ फाल्गुन २०८१, आईतवार १०:४४

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका काभ्रेपलाञ्चोकका एक युवकको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्दै आएका २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो । उनको गएराति उपचारको क्रममा मृत्यु भएको जिल्ला परिसर काठमाडौंले जनाएको छ । यो सँगै ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो । अन्य घाइतेको उपचार भईरहेको प्रहरीले जनाएको छ ।