images
images

चन्द्रागिरीमा घरको छतबाट लडेर शैलुङका एक पुरुषको मृत्यु

  • ४ फाल्गुन २०८१, आईतवार १२:३८

काठमाडौं । चन्द्रगिरीमा घरको छतबाट लडेर दोलखाका एक पुरुषको मृत्यु भएको छ ।

काठमाडौंको चन्द्रगिरी नगरपालिका–५ हाईभिजनस्थित घरको छतबाट खसेर दोलखाको शैलुङ गाउँपालिका–३ का ५२ वर्षिय होमबहादुर श्रेष्ठको मृत्यु भएको हो । आज बिहान जितेन्द्रको घरको दुई तलामाथि छतमा बसेर घाम ताप्ने क्रममा श्रेष्ठ रेलिङमा अल्झेर लड्दा गम्भिर घाईते थिए ।

गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि एपीएफ अस्पताल पुर्याएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।