
काठमाडौँ । पिकनिक गएर फर्किने क्रममा भएको बस दुर्घटनाका घाईते विद्यार्थीको मृत्यु भएको छ ।
शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनाका घाईते एक विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा १० वर्षीय विद्यार्थी सनसाईन तामाङ रहेका छन् । उनको मेडिसिटि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिनुभयो । यो सँगै बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुगेको छ ।
सो दुर्घटनामा परि यसअघि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । चाबहिलस्थित एसएस एकेडेमीका विद्यार्थीहरु नगरकोट पिकनिक गएर फकिर्ने क्रममा दुर्घटनामा परेका थिए । उनीहरु सवार बा २ ख ७९५८ नम्वरको बस बुधबार शंखरापुर नगरपालिका ५ मा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका अन्य विद्यार्थीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।