
दोलखा । हाम्रो रेडियो १ सय ३ थोप्लो ४ मेगाहर्ज आजदेखि १४ वर्ष पुरा गरि १५ औँ वर्षमा प्रवेश गरेको छ ।
रेडियोले दोलखा सदरमुकाम चरिकोटस्थित चरिघ्याङबाट २०६४ साल चैत २ गतेबाट प्रसारण सुरु गरेको थियो । वार्षिक उत्सवको अवसरमा विगत वर्षदेखि विशेष कार्यक्रम गर्दै आएपनि यो वर्ष औपचारिक कार्यक्रम नहुने भएको छ । रेडियो संञ्चालक समितिका सचिव लक्ष्मण खड्काले बिज्ञप्ति जारी गर्दै १४ बर्ष लामो यात्रामा सहयोग गर्ने सवै प्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
रेडियोले बिशेष गरी समाचार र समाचारमुलक कार्यक्रमलाई प्राथमिकता दिँदै आईरहेको छ । हाम्रो रेडियो दोलखा र आसपासका १८ भन्दा बढि जिल्लामा सुन्न सकिन्छ ।