दोलखा । दोलखावाट प्रसारण हुँदै आएको हाम्रो रेडियो १ सय ३ थोप्लो ४ मेगाहर्ज आजदेखि १५ वर्ष पुरा गरि १६ औँ वर्षमा प्रवेश गरेको छ ।
२०६४ साल चैत २ गतेबाट प्रसारण सुरु गरेको हाम्रो रेडियो आजबाट १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको हो । सदरमुकाम चरिकोटवाट प्रसारण हुँदै आएको हाम्रो रेडियो दोलखाको दोश्रो सामुदायिक एफएम हो । २५० वाट क्षमताको रेडियोको प्रसारण दोलखा र आसपासका जिल्लाहरुमा सुन्न सकिन्छ । ‘आवाज विहिनहरुको आवाज’ भन्ने मुल नाराका साथ स्थापना भएको हाम्रो रेडियो दोलखा र आसपासका जिल्लामा लोकप्रिय मानिन्छ । हाम्रो रेडियोले बिशेष गरी समाचार र समाचारमुलक कार्यक्रमलाई प्राथमिकता दिँदै आईरहेको छ ।
वार्षिक उत्सवको अवसरमा रेडियो सञ्चालक समितिका सचिव लक्ष्मण खड्काले बिज्ञप्ति जारी गर्दै १५ बर्ष लामो यात्रामा सहयोग गर्ने सवै प्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । बद्लिदो परिस्थितीमा राष्ट्र, राष्ट्रियता र संबिद्यानको रक्षा गर्दै परिवर्तनलाई संस्थागत गर्न हाम्रो रेडियोले शसक्त भूमिका निर्वाह गर्ने विज्ञप्तिमा उल्लेख छ । रेडियो संचालक समितिले सूचना र सञ्चारको क्षेत्रमा अफवाह र भ्रम बढ्न थालेको भन्दै सत्य, तथ्य र यथार्थपरक समाचार आम श्रोता माझ पुर्याउन संधै लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।