images
images

जाली नोटको कारोवार गरेको आरोपमा दोलखाका एक सहित दुई जना पक्राउ

  • २ चैत्र २०७९, बिहीबार १८:१६

जिरी (दोलखा) । जाली नोटको कारोवार गरेको आरोपमा दोलखाका एक सहित दुई जना काठमाडौँबाट पक्राउ परेका छन् ।

जाली नोट कारोवार गरेको आरोपमा दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको सतुङगल बस्दै आएका २४ वर्षीय सुरेन्द्र कार्की र रामेछापको खाँडादेवी गाउँपालिका ८ घर भई हाल माकलबारी बस्दै आएका ३४ वर्षीय छिरिङ लामा पक्राउ परेका हुन् । काठमाडौँको कालोपुल एरियामा जाली नोटेको कारोबार गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट नक्कली जस्तो देखिने नेपाली नोट ६ लाख ३६ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ को मुद्रा सम्बन्धि कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।