images
images

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा यमनमा १९ जना मारियो

  • ३ चैत्र २०८१, आईतवार ११:२५

अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा यमनमा आक्रमण गर्दा १९ जनाको ज्यान गएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएपछि यमनमा आक्रमण भएको बताइएको छ । शनिबार राति यमनमा इरान समर्थित हुथी विद्रोहीलाई लक्षित गरेर अमेरिकाले ठूलो आक्रमण गरेको थियोे ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत ’हुथी आतंककारी विरूद्ध यमनमा शक्तिशाली र निर्णायक कारबाही गर्नका लागि आफुले अमेरिकी सेनालाई निर्देशन दिएको खुलाएका छन् । डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएकोले कारवाहीको लागि आदेश दिईएको राष्ट्रपति ट्रम्प बताउँछन् ।

ट्रम्पको निर्देशनपछि यमनको राजधानी सना र उत्तरी राज्य सदामा अमेरिकी सेनाले आकाश र समुद्रबाट आक्रमण गरेको अधिकारीहरुले बताएका छन् । यसले हुथीको प्रतिरक्षा प्रणाली, राडार, मिसाइल र ड्रोन प्रणालीहरूलाई निसाना बनाएको छ ।

आक्रमणमा परी सनामा १३ सर्वसाधरण मारिएका छन् भने ९ जना घाइते भएका छन् । सदामा ६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । शनिबारको आक्रमणलाई ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछिकै ठूलो आक्रमण भनिएको छ ।