images
images

दक्षिण अमेरिकामा विनाशकारी आँधी, ३४ जनाको मृत्यु

  • ३ चैत्र २०८१, आईतवार १४:२१

दक्षिण अमेरिकामा विनाशकारी आँधीका कारण कम्तिमा ३४ जनाको मृत्युु भएको छ ।

दक्षिण अमेरिकामा विनाशकारी आँधी आएको हो । आँधीका कारण मिसौरीमा मात्रै १२ जनाको मृत्युु भएको छ भने क्यान्ससमा आठ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । खतरनाक आँधीले दक्षिण–पूर्वी राज्यहरुमा ठुुलो क्षति गरेको छ । आँधीले कैयौँ गाडीहरु पल्टिएका छन् भने धेरै घरहरु क्षतिग्रस्त भएका छन् ।

आँधीका कारण सात राज्यका २ लाख ५० हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको सरकारी अधिकारीहरुले बताएका छन् । दक्षिण अमेरिकाको मिसिगन, मिजौरी र इलिनोइस सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा ।