images
images

रामेछापका युवक काठमाडौँमा मृत फेला

काठमाडौँ । रामेछापको लिखु गाउँपालिका घर भएका एक युवक काठमाडौँमा मृत फेला परेका छन् ।

रामेछापको लिखु गाउँपालिका–६ नागी घर भएका २८ वर्षीय सोनाम लामा काठमाडौँमा मृत फेला परेका हुन् । रामेछाप घर भएपनि हाल काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्दै आएका उनको आज वडा नम्वर ३१ शान्तिनगरस्थित चौरमा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।