भक्तपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।
प्रहरीले उनलाई आज उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाट नियन्त्रणमा लिएको हो । मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराध सम्बन्धी मुद्दामा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् ।
मुख्यमन्त्रीमाथि लगाएको आरोपका सम्बन्धमा मन्त्रालयले सोधेको स्पष्टीकरण बुझाउन पुगेका बेला भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका वन अधिकृतमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










