images
images

दोलखामा स्थानिय तह निर्वाचनः धेरै आकांक्षी भएपछि एमालेलाई उम्मेदवार छान्न कठिन

दोलखा । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न ८ दिन मात्रै बाँकी रहँदा नेकपा एमाले दोलखाले अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

जिल्लामा एक्लै निर्वाचन लड्ने तयारीमा रहेको एमालेले अझै उम्मेदवार टुंग्याउन नसकेको हो । आन्तरिक विवाद, नेताहरुबीचको किचलो र प्रत्येक पालिकाको प्रमुखमा एक दर्जन बढी नेताहरुले आकांक्षी देखिएकाले एमालेलाई उम्मेदवार टुंग्याउन सकस परेको छ । चैत मसान्तसम्म उम्मेदवारको टुंगो लगाइसक्ने बताएको नेकपा एमाले दोलखाले अहिलेसम्म एउटा पालिका बाहेक अन्यमा उम्मेदवारको नाम टुंगो लगाउन सकेको छैन । गौरीशंकर गाउँपालिकाको अध्यक्षमा जंग बहादुर गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी सचिव हिरा थोकरले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य पालिकामा धेरै जनाको दाबी रहेका कारण उम्मेदवार चयनमा ढिलाई भएको हो ।

आन्तरिक किचलोका कारण उम्मेदवार टुंग्याउन सकस परेको एमालेले वैशाख ६ गतेसम्म उम्मेदवार टुंगो लगाइसक्ने गरी छलफललाई निरन्तरता दिएको बताएको छ । स्थानीय तह निर्वाचनका लागि भीमेश्वर नगरपालिकाको नगर प्रमुखमा भरत केसीले पुनः दोहोरिने चाहना राखेका छन् भने राजेन्द्र मानन्धर, हरिवंश चौंलागाई लगायतका आधा दर्जन बढी नेताहरुले आकांक्षा देखाएका छन् । यस्तै तामाकोशी गाउँपालिका अध्यक्षका लागि बसन्तराज कार्की, जिवसराज खड्का, नारायणध्वज खड्का, उर्मिला खड्का लगायतले दाबी गरेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न ८ दिन मात्रै बाँकी रहँदा नेकपा एमाले दोलखाले अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन । चैत मसान्तसम्म उम्मेदवारको टुंगो लगाइसक्ने बताएको नेकपा एमाले दोलखाले अहिलेसम्म एउटा पालिका बाहेक अन्यमा उम्मेदवारको नाम टुंगो लगाउन सकेको छैन । धेरै आकाक्षी देखिएका कारण दोलखामा नेकपा एमालेलाई पनि उम्मेदवार चयनमा निकै सकस पर्ने देखिएको छ ।

यसैगरी मेलुङमा हिरा थोकर, विदुर शर्मा, धर्मेन्द्र मोक्तान, अम्बिका गोले लगायतले दाबी गरेका छन् । शैलुङ गाउँपालिका माधन बहादुर तमाङ, गुणबहादुर बुढाथोकी, थिर बहादुर मोक्तान, ईश्वर न्यौपाने लगायतका नेताहरुले पालिका प्रमुखमा दावि गरेका छन् । वर्तमान गाउँपालिका अध्यक्ष भरत प्रसाद दुलालले पनि पुन दोहोरिने आकांक्षा राखेका छन् । नेकपा एमालेको तर्फबाट कालिञ्चोक गाउँपालिकामा विनकुमार थामीले पुनः अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरेका छन् भने गणेश शिवाकोटी, रोहित खड्का लगायतका अन्य नेताहरुले बलियो दावी छ । यसैगरी विगुमा कुमार खड्का, कृष्ण भुजेल, सुन्दर विश्वकर्मा, गोमा केसी, प्रविण खड्का लगायतका नेताहरुले प्रमुख पदमा दावि गरेका छन् । विगु गाउयँपालिकाको अध्यक्षमा पुर्व जिविस सभापति एवम् एमाले नेता लाल कुमार केसीको नाम पनि चर्चा छ । वैतेश्वरमा माधव प्रसाद घिमिरे, शान्तीकुमारी तमाङ, गिता बम्जन रेशमराजस्वराज रिमाल लगायतको दावि छ । जिरी नगरपालिकामा पनि टंक जिरेलले आफु नगरप्रमुख हुनुपर्ने दावि गरेका छन् भने मित्र जिरेल, केशव कुमार कार्की लगायतका नेताहरुले पनि नगरप्रमुखमा दावि गरेका छन् ।

धेरै आकाक्षी देखिएका कारण दोलखामा नेकपा एमालेलाई पनि उम्मेदवार चयनमा निकै सकस पर्ने देखिएको छ । पालिका प्रमुखमा धेरै जनाले दावि गरेपछि एमालेलाई उम्मेदवार चयन गर्न सकस परेको हो । जिल्लामा गठबन्धन दलहरु एक भएर जाने भएपछि एक्लिएको एमाले यतिवेला पार्टीभित्र धेरै आकांक्षि देखिएपछि थप तनावमा परेको छ । एक्लै निर्वाचन लड्दा धेरै स्थानमा हार व्यहोर्नुपर्ने लगभग निश्चित जस्तै भएपछि एमालेले पनि गठबन्धन दलको निर्णय कुरेको हुनसक्ने आँकलन गरिएको छ । गठबन्धन दलका उम्मेदवार हेरेर आफ्नो उम्मेदवार टुंगो लगाउने गरी एमालेले अहिले नै उम्मेदवारको नाम सार्वजनिक नगरेको विश्लेषण गरिएको छ ।