दोलखा । नेकपा माओवादी केन्द्रले दोलखाको गौरीशंकर गाउँपालिकाको अध्यक्षमा विश्वास कार्कीलाई उम्मेदवार बनाउने भएको छ ।
गौरीशंकर गाउँपालिका पार्टी कमिटीको आज बसेको बैठकले कार्कीलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो । जनयुद्धकालिन पृष्ठभुमिका कार्की हाल नेकपा माओवादी केन्द्र गौरीशंकर गाउँपालिका पार्टी कमिटी इन्चार्ज समेत हुन् । लामो समय विद्यार्थी राजनितिमा सक्रिय रहेका कार्की जिल्लाको चर्चित युवा नेताको रुपमा परिचित छन् । उनी केन्द्रिय सदस्य गंगा कार्की विश्वका आफ्नै छोरा हुन् । माओवादीमा सक्रिय नेता कार्की निर्माण व्यवसायी समेत हुन् ।
चुनावि तालमेललाई प्रभावित नपार्ने गरी उम्मेदवार टुंगो लगाएको नेकपा माओवादी केन्द्रले जनाएको छ । हालसम्म माओवादी केन्द्रले वैतेश्वर गाउँपालिका, तामाकोशी, कालिञ्चोक, मेलुङ र गौरीशंकर गाउँपालिकामा प्रस्तावित उम्मेदवार चयन गरिसकेको छ । जिल्लामा चुनावि गठबन्धनसँगको छलफललाई निरन्तरता दिँदै माओवादीले प्रस्तावित उम्मेदवार धमाधम टुंगो लगाइरहेको हो ।