images
images

जिरी र बैतेश्वरमा विद्युत अवरुद्ध, प्राधिकरण र टेलिकमको सेवाग्राही मारमा

  • ३ बैशाख २०७९, शनिबार १५:३२

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकामा लामो समयदेखि विद्युत अवरुद्ध भएको छ ।

आज विहानैदेखि जिरी र बैतेश्वरमा विद्युत अवरुद्ध हुँदा समस्या भएको हो । जिल्ला सदरमुकामस्थित पाटीखोलादेखि जिरी र खिम्ती तर्फको ३३ केभि लाईनमा बुश कटिङ कार्य गर्नको लागि बैतेश्वर र जिरी नगरपालिकाको लाईन अवरुद्ध गरेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ । आज दिनभरनै विद्युत प्रवाह ठप्प रहेपनि दोलखाको अधिकांश क्षेत्रमा पछिल्लो साता लामो समय विद्युत प्रवाह बन्द हुने समस्या हुँदै आएको छ । जिल्लामा पटक– पटक विद्युत आउने जाने हुँदा सेवाग्राही मारमा परेका छन् । विशेष गरी जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकामा लामो समयसम्म विद्युत अवरुद्ध हुने गरेको छ ।

विद्युत प्रवाह बन्द हुँदा जिरी र बैतेश्वरमा इन्टरनेट, एन्टीसी मोबाईल सेवा र ल्याण्डलाइनमा पनि समस्या आउने गरेको छ । आज पनि सो समस्याका कारण नेपाल टेलिकम अन्तर्गतको ल्याडलाइन सेवा, इन्टीसी मोबाईल सेवा र इन्टरनेटमा समेत समस्या आएको छ । यो समयमा फोन नलाग्ने र फोन लागेपनि बोलेको नबुझ्ने, नेट ठप्प हुने भएपछि सेवाग्राही आजीत बनेका छन् ।

पटक– पटक विद्युत आउने जाने हुँदा सेवाग्राही मारमा परेका छन् । विद्युत प्रवाह बन्द हुँदा जिरी र बैतेश्वरमा इन्टरनेट, एन्टीसी मोबाईल सेवा र ल्याण्डलाइनमा पनि समस्या आउने गरेको छ । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको एकै पटक आउने समस्याले गर्दा सेवाग्राही पटक–पटक मारमा पर्नु परेको हो । यो समयमा फोन नलाग्ने र फोन लागेपनि बोलेको नबुझ्ने, नेट ठप्प हुने भएपछि सेवाग्राही आजीत बनेका छन् ।

नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको एकै पटक आउने समस्याले गर्दा सेवाग्राही पटक–पटक मारमा पर्नु परेको हो । नेपाल टेलिकमले ब्याक अपको समेत व्यवस्था गर्न नसक्दा विद्युत अवरुद्ध हुँदा टेलिकमको पनि सेवा ठप्प हुने गरेको छ । जसको कारण विभिन्न सँघ संस्था, कार्यालय र वैंक तथा वित्तिय संस्थाहरुको सेवा प्रवाहमा समस्या भएको छ । विद्युत आपुर्ति ठप्प हुँदा यि क्षेत्रमा सञ्चालित छापा तथा विद्युतीय सञ्चारमाध्यमको प्रशासन समेत वन्द भएको छ ।

हावाहुरी तथा प्रतिकुल मौसमको कारण पनि दोलखामा पटक–पटक विद्युत अवरुद्ध हुने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दोलखाले जनाएको छ ।