images
images

सिन्धुलीमा पुल निर्माणका लागि बनेको खोलाको दहमा डुबेर बालकको मृत्यु

  • ३ बैशाख २०७९, शनिबार १६:४१

सिन्धुली । सिन्धुलीमा पुल निर्माणका लागि बनेको खोलाको दहमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको कमलामाई नगरपालिका ९ मा पक्की पुल निर्माणका लागि बनेको खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर कमलामाई नगरपालिका ९ का १२ वर्षीय शिराष भुजेलको मृत्यु भएको हो । आज दिउँसो करिब २ बजे साथिहरुसँग पौडी खेल्ने क्रममा उनको मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । बालक भुजेलको खाल्डोमा पानी जमेर बनेको गहिरो दहमा डुबेर मृत्यु भएको हो ।