images
images

पौडी खेल्ने क्रममा डुबेर दोलखाका एक युवकको मृत्यु

  • ३ बैशाख २०७९, शनिबार १८:४१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी नदिमा पौडी खेल्ने क्रममा डुबेर दोलखाका एक युवकको मृत्यु भएको छ ।

शैलुङ गाउँपालिका गाउँपालिका वडा नम्बर ७ का २२ वर्षिय रन्जन श्रेष्ठको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो । आज दिउँसो सिन्धुपाचोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ सुकुटे नजिकै रहेको बालुवा भन्ने स्थानबाट सुनकोशी नदिमा पौडी खेल्ने क्रममा श्रेष्ठ वेपत्ता भएका थिए । वेपत्ता भएका उनको शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी प्रहरी नायब उपरिक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।