images
images

वैतेश्वर गाउँपालिकालाई नमुना बनाउन मेरो उम्मेदवारीः प्रस्तावित उम्मेदवार लक्ष्मण खड्का

  • ३ बैशाख २०७९, शनिबार २०:१५

दोलखा । नेकपा माओवादी केन्द्रको तर्फबाट वैतेश्वर गाउँपालिकाका अध्यक्ष पदका प्रस्तावित उम्मेदवार लक्ष्मण खड्काले गठबन्धन गर्दा र नगर्दा पनि पालिकामा माओवादीले विजय प्राप्त गर्ने दावी गर्नुभएको छ ।

हाम्रो रेडियोको स्थानीय तह निर्वाचन विशेष कार्यक्रममा कुराकानी गर्दै अध्यक्ष पदका प्रस्तावित उम्मेदवार खड्काले वैतेश्वरमा गठबन्धन गरेपनि नगरेपनि माओवादीले जित हासिल गर्ने दावी गर्नुभएको हो । वैतेश्वरमा माओवादी केन्द्र वडा तहदेखि सांगठनिक रुपमा बलियो भएको र पछिल्लो समय माओवादीमा आकर्षण बढ्दै गएकाले आफुहरुको जित निश्चित रहेको उहाँले दावी गर्नुभयो । पत्रकार समेत रहेका खड्काले माओवादीको सांगठनिक अवस्था बलियो बन्दै गएका बेला पहिलेको निर्वाचनको अवस्था हेरर मात्रै तालमेल नहुने बताउनुभयो ।

उहाँले आफुहरु तालमेलकै पक्षमा रहेको तर यो पटक वैतेश्वरको नेतृत्वको जिम्मा नेकपा माओवादी केन्द्रलाई दिनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसले यसअघि पनि गाउँपालिकाको अध्यक्ष पाइसकेकाले यो पटक स्वतः माओवादीले अध्यक्ष पाउनुपर्ने उहाँको भनाई छ । निर्वाचन लड्दा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी बीचको गठबन्धनसँग तालमेल गरेर लड्ने तर कांग्रेससँग तालमेल नभए दुई पक्षबीच मात्रै पनि तालमेल हुनसक्ने उहाँको भनाई छ ।

अध्यक्ष पदका प्रस्तावित उम्मेदवार खड्काले आफुले नेतृत्वको जिम्मा पाएमा वैतेश्वर गाउँपालिकालाई नमुना बनाउन नेकपा एमाले र नेकपा कांग्रेसले गरेको भन्दा फरक मोडलबाट विकास गर्ने बताउनुभयो । खड्काले आफु पालिकाको अध्यक्ष भएमा वैतेश्वरमा उच्च शिक्षा अध्ययनका लागि पुर्ण जिम्मेवारी लिने, शैक्षिक पुर्वाधार विकास गर्ने, कृषि तथा पशुपालन क्षेत्रलाई व्यवसायीक ढंगले अघि बढाएर गाउँमै रोजगारीको अवस्था सिर्जना गर्ने वातावरण बनाउने बताउनुभयो । 

अध्यक्ष पदका प्रस्तावित उम्मेदवार खड्काले आफुले नेतृत्वको जिम्मा पाएमा वैतेश्वर गाउँपालिकालाई नमुना बनाउन नेकपा एमाले र नेकपा कांग्रेसले गरेको भन्दा फरक मोडलबाट विकास गर्ने बताउनुभयो । विकास निर्माणको अभियानमा देखिएको गलत क्रियाकलाप, भ्रष्टाचार र बेतिथिका कुराहरु अन्त्य गरेर एउटा सिस्टमा स्थानीय सरकारलाई चलाउनका लागि आफ्नो उम्मेदवारी आवश्यक रहेको उहाँको भनाई छ ।खड्काले आफु पालिकाको अध्यक्ष भएमा वैतेश्वरमा उच्च शिक्षा अध्ययनका लागि पुर्ण जिम्मेवारी लिने, शैक्षिक पुर्वाधार विकास गर्ने, कृषि तथा पशुपालन क्षेत्रलाई व्यवसायीक ढंगले अघि बढाएर गाउँमै रोजगारीको अवस्था सिर्जना गर्ने वातावरण बनाउने बताउनुभयो ।

साथै उहाँले विदेशमा गएर श्रम गर्नेलाई केही योजना ल्याएर गाउँमै आफ्नो परिवारसँग बस्ने माहोल सिर्जना गर्ने, गाउँपालिकामा रहेको अस्पतालमा सामान्य किसिमको उपचार र शल्यक्रिया गर्ने वातावरण बनाउने लगायतका कार्यक्रम चुनावी घोषणापत्रमा समेटिने र सोहीअनुसार काम गर्ने उल्लेख गर्नुभयो । ठोस रुपमा काम गर्न सक्ने गरी घोषणापत्रमा योजना समेटेर जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्ने उहाँको भनाई छ । खड्काले वस्ती टोल हेरेर न्याय प्राप्त हुने गरी विकासको खाका बनाएर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।