images
images

अब तीन महिनाको अस्थायी कामदार भिसामा साउदी जान पाइने

  • ३ बैशाख २०८०, आईतवार १७:४६

काठमाडौँ । नेपालबाट तीन महिनाको लागि अस्थायी कामदार भिसामा साउदी जान पाइने भएको छ ।

साउदीले तीन महिना अवधिको लागि अस्थाइ कामदार भिसक कार्यक्रम ल्याएको हो । सो भिसा बिना कागजात र बिना श्रम प्रक्रिया सजिलै लिन सकिनेछ । भिसा जारी गर्ने साउदीको क्वीवाका अनुसार सो भिसा स्वीकृत भएको दिनदेखि तीन महिनासम्म भिसावाहकले साउदीमा काम गर्न पाउनेछन् । तीन महिनाको समय सकिएपछि आवश्कता अनुसार फेरी त्यति नै अवधिको लागि भिसाको म्याद थप्न पाइनेछ ।

यो भिसा पाउन रोजगारदाता वा क्वीवाका आयुक्तहरुले आवेदन पेस गरेको हुनुपर्छ । सो भिसामार्फत छोटो समयको कामदार मगाउन चाहने कम्पनी व्यावसायिक रुपमा दर्ता भएको र भिसा माग गरेको समयसम्म सक्रिय रहेको हुनुपर्ने उल्लेख छ ।